सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको चौराहामा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते

२०८१ कार्तिक ७, ०६:०३ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्री घाइते भएका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ विशालनगर स्थित ट्राफिक चोराहामा कञ्चनपुरको पुनर्वास नगरपालिका–९ कि कोपिला चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१०१२ प ६०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्।

घाइते हुनेमा साइकलमा सवार रहेका धनगढी उपमहानगरपालिका– २ का ७० वर्षीय जगदीशप्रसाद अग्रवाल रहेका छन्। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस