धनगढीको चौराहामा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते
धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्री घाइते भएका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ विशालनगर स्थित ट्राफिक चोराहामा कञ्चनपुरको पुनर्वास नगरपालिका–९ कि कोपिला चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१०१२ प ६०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्।
घाइते हुनेमा साइकलमा सवार रहेका धनगढी उपमहानगरपालिका– २ का ७० वर्षीय जगदीशप्रसाद अग्रवाल रहेका छन्। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।