सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाका कारण काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु

२०८१ असोज १२, ०१:०४ खबर संवाददाता

काठमाडौँः भारी वर्षाका कारण काठमाण्डौं उपत्याकामा २१ जनाको मृत्यु भएको छ।

शुक्रबार बिहानदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको छ। काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरीका एसएसपी बसन्त रजौरेले अरु केही हराईरहेको र खोजी कार्य जारी रहेको बताए।

भक्तपुरमा तीन जनाको मृत्यु भएको एसपी बेद विष्टले बताए। ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई प्रहरी, सशसत्र र सेनाले विभिन्न स्थानबाट सकुशल उद्धार गरिएको छ। अविरल वर्षाका कारण बागमती, बिष्णुमति, रुद्रमति, नख्खु, बल्खुलगायतका नदी तथा खोलाको बहाव खतराको तहभन्दा माथि बगिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। डुवानले ठूलो धनमालको पनि क्षति भएपनि विवरण यकिन भइनसकेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस