सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ, एक जना फरार

२०८१ असोज १२, ०६:०२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्, भने एक जना फरार भएका छन्।

धनगढी उपमहानगरपालिका–५ शिवनगरबाट लागुऔषध ब्राउनसुगरसहित धनगढी–१ का २४ वर्षीय भरतराज जोशी पक्राउ परेका छन्। जोशी ८० मिलिग्राम लागुऔषधसहित  शुक्रवार राति पक्राउ परेका हुन। वडा प्रहरी कार्यालय  धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यस्तै धनगढी–१७ का २३ वर्षीय पप्पु राना पक्राउ परेका छन्। रानालाई प्रहरीले १३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा धनगढी–५ का बिनय थापाको घरबाट ७ सय ४० मिलिग्राम लागुऔषध बरामद गरिएको छ। बिनय भने फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस