सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्पेनमा डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु

२०८१ असोज १२, ०६:१६ खबर संवाददाता

एजेन्सीः स्पेनको क्यानरी टापुमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनुका साथै ४८ जना बेपत्ता भएको राष्ट्रिय समुद्री उद्धार सेवाले शनिवार जनाएको छ।

उद्धारकर्ताहरूले डुङ्गामा सवार ८४ जना मध्ये २७ जनालाई  उद्धार गर्न सफल भएको जनाएका छन्। यो सेप्टेम्बरको सुरुमा आप्रवासीहरू बोकी  युरोपका लागि प्रस्थान गरेको डुङ्गा सेनेगलमा  दुर्घटनामा पर्दा ३९ जना आप्रवासीहरूको मृत्यु  भएको थियो।

पछिल्लो समयमा हजारौं आप्रवासीहरू ज्यान जोखिममा पारी भीडभाडका बीचमा पुराना डुङ्गाहरूमा चढी युरोपका लागि  यात्रा गर्ने क्रम बढेको जनाइएको छ। संयुक्त राष्ट्रसङ्घीय एजेन्सी ‘इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन’ ले सन्  २०१४  देखि यो क्षेत्रमा दुर्घटनामा परी चार हजार ८५७ जनाको मृत्यु भएको अनुमान गरेको छ। 
 

कमेन्ट लोड गर्नुस