सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्राजिलका विभिन्न कारागारमा ४२ जना मृत फेला

। फोटो स्रोत ।
२०७६ जेठ १४, ०३:५७

ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको भोलिपल्ट विभिन्न चार कारागारमा ४२ जना मृत अवस्थामा फेला परेका छन्। अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीबन्दीको मृत्यु भएको हुनसक्ने जनाइएको छ।

कारागारभित्रको झडप अन्त्य गर्न र अवरोध हटाउन ब्राजिलका अधिकारीहरुले  निर्देशन दिएका छन्। आइतबार मात्रै अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको थियो।

अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा कैदीबन्दीले दाँत माझ्ने ब्रस र चक्कुलगायतका सामान प्रयोग गरी एक अर्कामाथि आक्रमण गरेको कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले बताए। सरकारी तथ्यांक अनुसार ब्राजिलमा गत अप्रिलसम्म ७ लाख १२ हजार ३०५ जना कैदीबन्दी छन्। तर ब्राजिलका कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन्।
 

कमेन्ट लोड गर्नुस