धनगढीको कपडा बैँकलाई सहयोग

धनगढी : कैलालीको धनगढीमा रहेको कपडा बैँकलाई सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–५ तारानगर खप्तड चोकका महावीर सिंह धामीले ३२ थान कपडा सहयोग गरेका हुन्।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको परिवारले सञ्चालन गरेको कपडा बैँकमा नेपाल टेलिकमको अत्तरिया कार्यालयमा कार्यरत उनले कपडा सहयोग गरेका हुन्। धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैँकमा आवश्यक परेकाहरूले निःशुल्क कपडा वितरण गर्ने गरिएको छ।

कपडा भएकाहरूले बैँकमा दिने र नभएकाहरूले निःशुल्क लगेर जाने गरेका सम्पर्क व्यक्ति खगेन्द्र केसीले बताएका छन्।