सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा बैठक बुधवार दिउँसो १ बजे बस्ने

२०८२ जेठ २०, ०३:२७ रासस

काठमाडौँः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधवार मात्र बस्ने भएको छ।

सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मङ्गलवार दिउँसो दुई बजे बस्ने भनिएको बैठक बुधवार दिउँसो १ बजेका लागि सरेको हो। मङ्गलवार विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेकाले दिउँसो दुई बजे बस्ने गरी समय परिवर्तन गरिएको थियो।परिवर्तित समयमासमेत बैठक बस्न नसकेपछि बुधवारका लागि सरेको हो।

प्रतिपक्षी र सत्ता पक्षका दलबिच पर्यटन भिसा प्रकरणमा कुरा नमिल्दा संसद अवरुद्ध हुँदै आएको छ।

 

कमेन्ट लोड गर्नुस