सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजामा इजरायली सेनाको आक्रमणमा २४ प्यालेस्टाइनीको मृत्यु

२०८२ जेठ २०, ०१:५१ रासस

इजरायली सेनाले गाजामा मानवीय सहायता वितरण स्थलमा आक्रमण गर्दा कम्तिमा २४ जनाको मृत्यु भएको छ।

इजरायलको सीमातर्फ अघि बढ्नेहरुविरुद्ध आफ्ना सेनाले गोली चलाउनु परेको भन्दै इजरायलले आक्रमणको बचाउ गरेको छ।आइतबार मात्रै प्यालेस्टाइनी र अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूले कम्तिमा गाजामा ३१ जना मारिएको र दर्जनौं घाइते भएको बताएका थिए।

काठमाडौंः गाजामा खाना वितरण भइरहेको स्थलमा इजरायल सेनाले आक्रमण गर्दा कम्तिमा २४ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ। घटनामा दर्जनौं घाईते भएका छन्। स्थानीय स्वास्थ्य अधिकारीहरूले मानवीय सहायता वितरण कार्य चलिरहेको बेला मंगलबार फेरि हिंसा र रक्तपातका घटना देखिएको बताएका समाचार संस्था रोयटर्सले लेखेको छ।

इजरायलले राफाहस्थित राहत वितरण केन्द्र नजिकै तोकिएको क्षेत्रभन्दा बाहिर गएका र इजरायलको सीमातर्फ अघि बढ्नेहरुविरुद्ध आफ्ना सेनाले गोली चलाउनु परेको भन्दै आक्रमणको बचाउ गरेको छ। उत्तरी गाजा पट्टीमा इजरायली सेनाले विद्रोही हमासका लडाकुहरूविरुद्ध महिनौँदेखि चलिरहेको आक्रमणलाई निरन्तरता दिँदै आएको छ।
 

कमेन्ट लोड गर्नुस