सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक विद्यार्थीमाथि गोली प्रहार

२०८१ वैशाख २१, ०३:१६ खबर संवाददाता

काठमाडौँः झापामा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ।

कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा उनीमाथि गोली प्रहार भएको स्थानीयको भनाई छ। स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गर्दा १८ वर्षीय एरिना अधिकारीलाई गोली प्रहार भएको भनिए पनि प्रहरीले भने गोली लागेको पुष्टि भइनसकेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णकुमार कुमार चन्दले आवाज आएको सुनिएपनि गोलीको हो वा अरू केहीको भन्ने पुष्टि नभएको बताए। ‘आवाज आएको हो तर के को भन्ने निश्चित छैन। घाइतेलाई स्थानीय अस्पताल लगिएको छ र अवस्था सामान्य भन्ने सूचना छ’, डीएसपी चन्दले भने, ‘अनुसन्धान भइरहेको छ। अहिलेसम्म कोही पनि पक्राउ परेको छैन।’

कमेन्ट लोड गर्नुस