सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलडाडीका किसानलाई उन्नत जातको आलुको बीउ सहित कृषि उपकरण वितरण 

२०८३ जेठ १८, ०९:१९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको बेलडाँडीका कृषकहरूलाई उन्नत जातको आलुको बीउसहित कृषि यान्त्रिकीकरण सामग्री हस्तान्तरण गरिएको छ।

आइतबार कृषि ज्ञान केन्द्र कञ्चनपुरको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको स्थानीय तह विशेष पकेट क्षेत्र विस्तार (आलु) कार्यक्रम मार्फत बेलडाडी गाउँपालिका-२ का कृषकहरूलाईआवश्यक कृषि उपकरण तथा उन्नत बीउ उपलब्ध गरिएको हो।

आलु खेती व्यावसायिक, आधुनिक र उत्पादनमुखी बनाउने उद्देश्यले कृषि ज्ञान केन्द्र कञ्चनपुर र सिद्ध बैजनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लागत साझेदारीमा कार्यक्रम संचालन गरिएको थियो। यहिकार्यक्रम अन्तर्गत कृषकहरूलाई आलुको उन्नत बीउ सहित कृषि उपकरण वितरण गरिएको सहकारी सस्थाका कार्यालय प्रमुख सरद पाण्डेयले बताए।

उनका अनुसार किसानहरुलाई आलुको उन्नत बीउ, १४ थान साना सिँचाइ सेट, ५ थान पावर टिलर, ४ थान मिनी टिलर, ३ थान रोटाभेटर तथा २५ थान स्प्रे ट्याङ्की वितरण गरिएको कृषकहरुलाई वितरण गरिको सामग्रीले खेतीको लागत घटाउने, श्रम बचत गर्ने तथा उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस