आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटायो
२०८० माघ १, १०:३१
काठमाडौँः नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ। निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल र पेट्रोलको मूल्य घटाएको हो।
जसअनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल ०.८३ पैसा मूल्य घटाएको आयल निगमले विज्ञप्ति जारी गरेर जनाएको छ। आयल निगमले मंगलवारदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा १–१ रुपैयाँ घटाएर बिक्री गर्ने निर्णय गरिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस