सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जिल्लाबाट एक लाख बढीका सामान बरामद

२०८० पुष १०, ०८:१० खबर संवाददाता

कैलालीः दुई जिल्लाबाट एक लाख बढी भन्सार छलिका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका-२ बालुवाघाटबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २० हजार ३ सय ७० मूल्य बराबरको कपडा, मिठाई, नरिवल, सुर्ती लगायतका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका-९ घुयाघाटबाट अन्दाजी ७ हजार मूल्य बराबरको प्याज र धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अन्दाजी ९ हजार ५ सय मूल्य बराबरको बोईलर कुखुरा सोमवार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको बताइएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भुजेलाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ८० हजार ४ सय ४० मूल्य बराबरको कपडा, चिनी, मिश्री, दाल लगायतका सामान सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस