सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

२०८२ साउन २३, ०४:३८ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–४ सहिद गेट स्थित दार्चुला होटल एन्ड रेष्टुडेण्टका सञ्चालक दार्चुलाको नौगाड गाउँपालिका–४ बस्ने २२ वर्षीय मानबहादुर ठगुन्ना सहित तीन जनालाइ बिहिवार प्रहरीले पक्राउ गरेको हो। १० ग्राम ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित उनीहरु तीनै जनालाइ लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यसै गरि, कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुर स्थित मुडागाउबाट सोही ठाउँ बस्ने २८ वर्षीय सुमित बादीलाई प्रहरीले पक्राउ गरेको छ। ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसपिहत बादीलाइ इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस