सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरी भट्ट र टेक बोगटीको “न फूल बास छाडी”बोलको गीत सार्वजनिक

२०८० कार्तिक १४, १०:२८

अत्तरियाः देउडा गायक टेक बहादुर बोगटी र गौरी भट्टको “न फूल बास छाडी”बोलको गीत सार्वजनिक भएको छ।

देउडा गायिका भट्ट र र बोगटी स्वरमा गरेको गीत रमेश बिजुली बिसीको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो। मौलिक पन झल्कने देउडा गीतको कुमार मटेलीको उत्कृष्ट शब्द रहेको छ भने उक्त गीतको सङ्गीत सृजना गायक स्वयम् बोगटीले नै गरेका हुन्।

रमेश बिजुली बिसीको निर्देशनमा रहेको उक्त देउडा गीतमा झरना बोहरा र अमर आउजी र बमबहादुर चन्दले अभिनय गरेका छन। यसपटक पनि उनीहरूले ठट्यौली देउडा गीत बजारमा ल्याएका छन। यस गीतको म्युजिक भिडियो प्रर्यटकीय क्षेत्र सँगै सुदूरपश्चिमको झल्को दिने गरी डोटीको रन्तोलामा छायाङ्कन गरीएको हो। उक्त गाउँ परिवेशलाई भिडियोमा कैद गरी छायाङ्कन गरिएको छ।

 

कमेन्ट लोड गर्नुस