सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेरो स्वार्थी समाज

२०८० कार्तिक २, ०५:०५ खबर संवाददाता

जनक सिँह भाट, बैतडी: स्वार्थ भनेको के हो मलाइ राम्रोसँग थाहा नै थिएन मैले सुनेको कुरा स्वार्थ भन्ने चिज मायामा मात्रै हुन्छ किनकी मायामा धोका खाएका साथीहरूले फेसबुकमा स्टाटस हरु हालेको देख्थे-तिमी स्वार्थी रहेछौ, आफ्नो स्वार्थ पूरा गर्यौ अनि अहिले मलाई छोड्यौ जस्ता स्टाटस हरु देखेर मलाई लाग्थ्यो कि यो स्वार्थ भन्ने चिज माया प्रेममा मात्रै हुदो रहेछ।

तर मैले सोचेको कुरा अहिले आएर गलत साबित हुन पुग्यो । माया प्रेम मा मात्रै स्वार्थ नभैकन हरेक कुरामा स्वार्थ हुदो रहेछ। स्वार्थी समाजमा  जीवन बिताउन  एकदमै गाह्रो हुदो रहेछ। जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्ता नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन्। यस्ता मानिसहरु आफ्नोमात्र खुसीको लागि जे पनि गर्न सक्छन् तर अरुको खुसीको कारण बन्न सक्दैनन्।मेरो घरमा एकजना पनि जागिरे नहुदा हाम्रो घरपरिवार एकदमै गरिब थियो। एक दिनको कुरा हो मैले कक्षा १० को परिक्षा दिएर सहर तिर गएर राम्रो पढ्छु भन्ने सोचे।  

घरको नाजुक स्थिती छ भन्ने मलाई थाहा थियो तर पनि गाउँले हरुले रिण दिन्छन होला भन्ने मलाई लागेको थियो किनकी कहिलेकाही वल्लो पल्लो घरका सरकारी जागीरेहरु मेरो घरमा आएर अप्ठ्यारो पर्दा भन्नू होला हामी छदै छौं भनेर म र मेरो घर परिवार लाई झुटा आश्वासन दिने गर्दथे। पुरै गाउँमा ऋण माग्न जादा खेरी एकजनाले पनि दिएनन् कसैले आजभोलि छैन भने त कसैले २र४ हजार मात्रै छ यत्तीले पुग्दैन होला भनी फिर्ता पठाए।

थोरै त रिण दिन्छन होला भन्ने सोच राखेको मैले कसैले पनि नदिएपछी एक्कासि आँखाभरी आँसु भरिए। म त्यतिखेर रोएको थिएन तर पनि आफै आँसु खस्न थाले। मेरो त्यो सपना त्यही नीर चक्नाचुर भयो । मैले फेरि गाउँकै बिधालयमा पढ्ने निर्णय गरे। गाउंले हरुले ऋण  नदिएको भोलिपल्ट बजार जादा खेरी २र४ जना गाउलेहरु मेरो र मेरो घर परिवारको एउटा पसलमा बसेर कुरा काटी रहेको सुने। उहाँ लाई नदेखिने गरि लुकेर कुरा सुन्न बाध्य भए। एकजना भन्दै हुनु हुन्थ्यो- म संग रुपैया त थियो तर यो गरिबले भोलिको दिनमा कहाँ बाट दिन्छ ब्याज सहित फिर्ता भनेर मैले दिएन। सहरमा गएर पढ्छु भन्छ पढाइमा त अझ घरबाट रुपैयाँ  पठाउनु पर्छ र कसरी रुपैयाँ  फिर्ता दिन्छ यसले भनेर मैले दिएको हैन भनेर कुरा गरिरहेका थिए। ३र४ जनाले नै त्यस्तै नकारात्मक कुराहरु काटिरहेको सुन्न पाए।

मैले सहन सकिन र म सिधै पसल भित्र छिरे सबैको मुहार कालो भयो बोली रोकियो पसल शान्त भयो । मैले भने किन चुप लाग्नु भयो रु कुरा गरौं न । चरा आफ्नो गुँड आफै देखाउँछ भन्थे हो रहेछ , एकजना काका नाता पर्नेले भन्नू भयो, तिम्रो बारेमा होइन जनक हामी कुरा गरिरहेको भन्दा खेरी सबै मान्छेको मुहार उनि तर्फ मोडियो । म सिधै घर आए । यो कुरा घरमा बुवालाई पनि सुनाए र त्यो दिन देखि कहिले पनि आफ्नो स्वार्थी समाज बाट रिण मागेन । उनी हरुको घरमा केही काम छ भने मात्रै राम्रो संग बोल्ने रहेछन आफ्नो स्वार्थ पूरा गर्नको लागि भन्ने आभास भयो। 

अहिले म गाउँ कै बिधालयमा अध्यन गरेर ब्याचुलर दोस्रो बर्समा पुगिसके। अहिले मेरो घरको स्थिती पहिलाको भन्दा राम्रो छ। घरका २ जना सदस्य हरुले जागिर नै पाइसकेका छौं। कक्षा १२ मा पढ्दा देखि अहिलेसम्म ३ बर्स भयो म मिडियामा काम गरिरहेको छु। ६ बर्स अगाडि त्यो पसलमा कुरा काट्नेहरु अहिलेसम्म पनि म संग बोल्दैनन्। किनकी गल्ती उनिहरुकै थियो। केही काम नपाए जसरी बजारमा आफ्नो स्वार्थ का लागि अर्काको कुरा किन काट्नु पर्यो?

अहिले आफै घरमा आएर भन्छन कि केही समस्या पर्यो भने २र४ लाखको लागि भन्नू होला हामी छदैछौ सहयोग गर्ने भनेर।  हाम्रो घरमा कोहि पनि जागिर नलागेको बेला २० हजार सहयोग नगर्ने अहिले जागीर लागेको थाहा पाए पछि लाखौं को सहयोग गर्ने कुरा गर्छन् स्वार्थी हरु। यहाँ मेरो समाजमा हरेक कुरामा स्वार्थ हेरिदो रहेछ , अशिक्षित मेरो समाज कहिले शिक्षित होला , गरिब , दुखी लाई यस्तो नकारात्मक दृस्ठिकोणले हेर्ने मेरो समाज कहिले सुध्रिन्छ होला। 

सायद मेरो घरमा पनि कोहि जागिर लागेको भैदिएको भए मेरो सहर गएर पढ्ने धोको पुरा हुने थियो किनकी रिण दिनेले पनि ब्याकगराउन्ड हेर्दो रहेछ, यसको परिवारको म संग मागेको रुपैयाँ ब्याज सहित फिर्ता दिने औकात छ कि छैन भनेर हेरजांच गर्दो रहेछ अनि मात्रै बल्ल रिण दिने रहेछन। यति सम्म घटिया सोच भएका मान्छेहरूको समाजमा बसेको कारण आफैलाइ अप्ठ्यारो लाग्छ किनकी केही आपत बिपत पर्यो भने मैले के गर्ने त रु केही जटिल समस्या आइलाग्यो भने एक्लै ले कसरि समाधान गर्ने रु कुनै दिन बिरामी भयो भने पनि अहिले कस्तो छ भनेर नसोध्ने समाजमा आफन्त भन्ने कोहि नहुदा रहेछन् जस्तो लाग्छ। 

आफ्नो स्वार्थ पूरा गर्नका लागि मात्रै बोल्छन् गाउंलेहरु , के यसरी आफ्नो स्वार्थका लागि बोल्ने आफ्न्त हुन त रु होइनन नि। समाजमा मिलेर बस्नु पर्छ एकअर्कालाई सहयोग गर्नुपर्छ र 'जिउँदाको जन्ती , मर्दाको मलामीू  जानूपर्छ भन्ने त अब मेरो समाजको लागि किस्सा मात्रै बांकी रह्यो। मान्छे मरेको छ भने आर्यघाट सम्म लैजान न आउने मेरो समाजको के कुरा गरुं, लास लाई उठाउन पहिला गाउँलेहरु आउंथे त अहिले ट्याक्टर खोज्नु परेको छ।

स्वार्थी समाजमा लासको ब्यापार हुने रहेछ , कुनै दिन मलामिले ज्याला माग्दा अनौठो नमान्नुहोला। मेरो स्वार्थी समाजमा कुनै गरिब दुखी पिडित लाई सहयोग गर्यो भने पनि आफ्नो मनले चाहेर गर्दैनन्, आफ्नो स्वार्थको लागि मात्रै गर्छन् , सहयोग कम गर्छन भासण बढी गरेर , फोटो खिचेर सामाजिक संजालमा भाइरल हुन खोज्छन , यसरी आफु भाइरल हुनका लागि सहयो गर्नुलाई स्वार्थी समाज नभन्ने त? 


गरिबको चुलोमा आगो बाल्ने हैन निभाउने काम गर्दो रहेछ मेरो  समाजले। आफ्नो स्वार्थ पूरा गर्नका लागि अरुलाइ रुवाउनु त गलत होइन र ? घर बनाउनु पर्यो भने मिस्त्रीको रुपमा दलित हरुलाइ नै बोलाउने गरिन्छ त्यो घर पुर्ण रूपमा निर्माण भैसकेपछी घर बनाउने मिस्त्रीलाइ समेत त्यो घर भित्र पस्न मिल्दैन। आफ्नो काम पूरा गरि सकेपछी त्यो काममा जसको महत्त्वपूर्ण हात छ उसैको वास्ता नगर्ने मेरो समाज। यति स्वार्थी छ मेरो समाज। कहिले पलाउछ बुद्धि मेरो समाजका मान्छे हरुमा हेर्ने धोको छ। आफ्नो स्वार्थ पूरा गर्नकै लागि यती सम्म गर्ने यो समाजमा जन्म लिएरै गलत गरेछु जस्तो लाग्छ। 


एउटा गाउंघर तिरको उखान नै छ नि-आगो बल्दा सबै सर्छन् ताप्नलाई अघिल्तिर , निभ्न लाग्यो भने आगो फुक्न कोहि हुन्न तत्पर। यो उखान अहिले आएर सत् प्रतिशत सहि लाग्छ किनकी अहिलेको स्वार्थी समाज संग मेल खाएको छ। आफुलाइ फाइदा हुने काम छ भने म गर्छु भनेर अघि सर्ने र आफुलाइ खासै सोचेजस्तो फाइदा हुदैन भने पाइला पछि सार्ने गर्छन। केही राम्रो काम गरेको छ भने मैले गरेको हो भनेर हात उठाउछन तर केही काम बिग्रेको छ् भने मैले हैन अर्कोले हो भनेर अर्कोलाई फसाएर आफू बच्न खोज्छन मेरो समाजका बुद्धिजीवी हरु।  

समाज कुनै कारणले बिग्रिएको होइन। समाजमा बस्नेहरूकै मानसिकताले बिग्रिएको हो । समाजमा बस्नेको काम विचार सकारात्मक भएन। खाली आफ्नो फाइदा मात्रै हेर्ने मेरो समाजमा बस्ने हरुको प्रवृत्ति भयो । आफ्ना कारणले अरुलाई मर्का पर्छ भनेर कसैले पनि सोचेनन् । आफूलाई जे सही लाग्छ त्यही गरे । हाम्रो हो भन्ने भावना धेरैको मनमा जागृत नै भएन।

ब्यक्ति जन्मने बित्तिकै स्वार्थी बनेर जन्मदैन। उसको समाजको बानी ब्यबहार समाजको आचरण र घरपरिवारको सस्कार कस्तो छ समाज बाटै सिकेर स्वार्थी बन्छ। अबका युवा हरुले यो स्वार्थी समाजलाइ निस्वार्थ बनाउनु जरुरी छ। नत्र यो समाज मात्रै होइन देश नै संकट मा पर्न सक्छ।  मेरो सोच र काम सही भएपछि देश बन्छ भन्ने भावना सबैको मनमा आउनुपर्यो । तर, यहाँ त रक्षक नै भक्षक छन्। सरकारी तहमा रहने कर्मचारी, नेता र आम जनता आफ्नो फाइदाको लागि मात्रै कुद्छ्न। देश रहे हामी रहन्छौं भन्ने सोच राख्दैनन्।

स्वार्थीको पनि सीमा हुन्छ  कति स्वार्थी बन्ने रु यो समय र परिस्थितीले निर्धारण गर्ने कुरा हो। यद्यपी तपाईंको स्वार्थले अरुलाई नराम्रो असर भने गर्नु हुँदैन। यसको पनि सीमा हुन्छ। तपाइ कुनै सामाजिक वा सामूहिक हितको कुरामा स्वार्थी बन्न सक्नुहुन्न । परिस्थितीवस् उत्पन्न हुने कतिपय कुरामा तपाईं पन्छिन सक्नुहुन्न। समाजमा कसैलाई दुःख परेको छ, समस्या परेको छ। तत्काल उद्वार गर्नुपर्‍यो। तपाईंले यतिबेला आफ्नो काम, धन्दा थाती राखेर पनि सहयोग गर्न तत्पर हुनुपर्छ। अरुको आपत(विपतमा हामीले आफ्नो स्वार्थ त्याग्नुपर्छ। यदि त्यसो गरिएन भने मानविय समाजको निर्माण हुनै सक्दैन। अबको युगका मान्छे हरुका लागि स्वार्थ मानवीय गुणनै भैसक्यो। स्वार्थबिनाको जीवन चल्न सक्दैन । तर, स्वार्थलाई पनि सकारात्मक काममा प्रयोग गर्नुपर्छ। 

कमेन्ट लोड गर्नुस