सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली 

२०८० जेठ १६, ०७:१४ खबर संवाददाता

धनगढीः आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ।

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै आज राति भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट लोड गर्नुस