बाजुरामा खोलाले बगाउँदा एकजना बेपत्ता

२०८२ असार ८, ०६:५९
बाजुराः बाजुराको गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एकजना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा गौमूल–३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले बताए। पूर्ववडा सदस्यसमेत रहेका बोहरालाई पानी घट्टका लागि जाँतो तार्ने क्रममा गेरेनी खोलाको बाढीले बगाएको हो।

प्रहरी र स्थानीयले बेपत्ता बोहराको खोजी गरिरहेको प्रहरी निरीक्षक बोहराले बताए।



कमेन्ट लोड गर्नुस