कैलालीमा भिरबाट लडेर महिलाको मृत्यु

२०७९ चैत्र १५, ०५:०४
कैलालीः कैलालीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको चुरे गाउँपालिका वडा नम्बर १ सायलकी २९ वर्षीया पवित्रा थापा मगरको भिरबाट लडेर मृत्यु भएको हो।
मंगलबार घरबाट ५ किलोमिटर टाढा रहेको घोडेथर बजारमा घरायसी सामान किनमेल गरेर घर फर्किनेबेला थापाको भीरबाट लडेर मृत्यु भएको गाउँपालिकाका कर्मचारी लोकेन्द्रबहादु बोहराले जानकारी दिए।

कमेन्ट लोड गर्नुस