सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोलखा बजारमा भीषण आगलागी, ९ वटा घर जलेर नष्ट

२०७९ माघ १९, ११:०८ खबर संवाददाता

दोलखा: दोलखा बजारमा भीषण आगलागी भएको छ। जिल्लाको कालीञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा आगलागी हुदाँ बजार क्षेत्रका ९ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्।

गएराति ११ बजेदेखि लागेको आगो अझै निभाउन नसकिएको कालीञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए। रुद्रबहादुर ओलीको घरबाट आगलागी सुरु भएको आशङ्का गरिएको छ। विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण खुल्न सकेको छैन।

प्रहरी, स्थानीय बासिन्दा र दमकलले आगो निभाउने प्रयास गरिरहेको छ। आगलागीबाट करोडौँको क्षति भएको छ भने पशुचौपाया पनि मरेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
 

कमेन्ट लोड गर्नुस