आज यी दुई प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

धनगढी: बिहीवार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। देशका तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागेको छ। यस्तै आज राती प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।




