सप्तरीमा गोली प्रहार गरी एक जनाको हत्या

सप्तरीः सप्तरीमा बिहीबार राति डाँका समूहले गोली प्रहरी गरी एक जनाको हत्या गरेको छ।
सप्तरीको सुरूङ्गा नगरपालिका– ८ मल्हनवाका ५६ वर्षीय कान्तालाल चौधरीको गोली हानी डाँका समूहले हत्या गरेका हुन्। वडा अध्यक्ष श्यामदेव साहले राति ५÷६ जनाको समूहमा घरभित्र पसेका हतियारधारी समूहले चौधरीलाई धारिलो हतियार र गोली प्रहार गरी हत्या गरेका जानकारी दिए। साथै कान्तालालका ४० वर्षीय भाई रामकान्त घाइते हुनुभएको छ।

जिल्ला प्रहरी कर्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार घाइते रामकान्तको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा एउटा गोलीको खोखा र तीनवटा गोली समेत बरामद भएको जानकारी उनले दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

