बोगटानका पाँच सय जनालाई निःशुल्क आँखा उपचार सेवा
 
						धनगढीः डोटीको बोगटान फुड्सिल गाउँपालिकाका पाँच सय जनाको आँखाको निःशुल्क उपचार गरिएको छ।
च्यारिटी हेल्थ फाउण्डेसन आर्थिक तथा धनगढी नेत्रालय श्रीकृष्ण आँखा अस्पतालको प्राविधिक सहयोगमा दुई दिनसम्म शिविर सञ्चालन गरिएको हो। शिविरमा आँखाको मोतीविन्दु तथा मासु पलाएका ६३, एक सय २५ जना बिरामीलाई चस्मा वितरण तथा चार सय बिरामीलाइ औषधी वितरण गरिएको धनगढी नेत्रालयका निर्देशक अनिल न्यौपानेले बताए।
 
    
  शिविर सञ्चालन हुँदा पालिका भित्र रहेका जेष्ठ नागरिक तथा विभिन्न ब्यक्तीहरूलाई सहयोग भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए।
 
    
   
								
 
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
      