सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गेटाबाट नगदसहित १४ जना जुवाडे पक्राउ

२०८३ कार्तिक २०, ०७:४२ खबर संवाददाता

धनगढीः कैलालीको गेटाबाट नगदसहित १४ जना जुवाडे पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका–५ गेटा बराचोक स्थित सोही ठाउँ बस्ने २८ वर्षीय रमेश रानाले संचालन गरेको रमेश होटेलको कोठामा जुवातास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा निज रमेश रानासहित १४ जनालाई बिहिबार राति प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगद ६८ हजार ६ सय दश रुपैया र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस