सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई स्थानमा मोटरसाइकल दुर्घटनमा, दुई जना घाइते

२०८२ जेठ २३, ०५:११ खबर संवाददाता

धनगढीः धनगढीका दुई स्थानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ पुरानो वडा कार्यालय नजिक सुदूरपश्चिम प्रदेश ०१००९ प २४९९ नम्बरको नविन शाहीले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएका प्रहरीले जनाएको छ। मोटरसाइकल आफै अनियन्त्रीत भइ दुर्घटना भएको जनाइएको छ। घाइते नविनको सेती प्रदेशीक अस्पताल धनगढीमा उपचार भरहेको छ।

यस्तै धनगढी उपमहानगरपालिका–७ तुल्सीचोक नजिक चालक गणेश बहादुर खातिले चलाएको रा ३ प ९३ नम्बरको मोटरसाकल आफै अनियन्त्रीत भइ पल्टिदा उनी घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते खातिको निसर्ग अस्पताल धनगढीमा उपचार भरहेको जनाएको छ।

 

कमेन्ट लोड गर्नुस