सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीबाट चार तले घर जलेर नष्ट

२०७९ मंसिर १०, ०८:५९ खबर संवाददाता

जुम्ला: जुम्लामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ। चन्दननाथ नगरपालिका-३ का लालबहादुर खत्रीको ४ तले १७ कोठे घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ।

आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ। घटनापछि चन्दननाथ नगरपालिकाले  ६० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको र जिल्ला प्रशासनले नियमानुसार दिने २५ हजार पनि राहत उपलब्ध गराइने जनाइएको छ।

कमेन्ट लोड गर्नुस