सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीकाकाे स्वास्थ्यमा समस्या, दुई इभेन्टकाे फाइनल खेल नखेल्ने निर्णय

२०७९ असोज २९, ०५:३६ खबर संवाददाता

पोखरा: आर्मी क्लबकी स्विमर गौरिका सिंहले शनिबारको दुई इभेन्ट्सको प्रतिस्पर्धामा सहभागी नहुने भएकी छन्। अस्वस्थ भएपछि गौरिकाले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पौडीको दुई इभेन्ट्समा सहभागी नहुने निर्णय गरेकी हुन्।

आठौँ राष्ट्रिय खेलकुदमा १२ वटा स्वर्ण पदक जितेकी गौरीका शनिवार बिहान भएको दुई वटा इभेन्टको हिट चरणबाट फाइनलमा पुगेकी थिइन्। तर, दिउँसो अकस्मात् स्वास्थ्यमा समस्या आएपछि उनी फाइनल इभेन्टमा सहभागी नहुने भएकी हुन्।

गौरीका महिलातर्फ १ सय मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकको फाइनल चरणमा पुगेकी थिइन्।

कमेन्ट लोड गर्नुस