सुदूर नेपाललाई विश्वसँग जोड्दै

कीर्तिमान तोड्दै सरस्वतीले जितिन् स्वर्ण

२०७९ असोज २९, ०१:३२ खबर संवाददाता

पोखरा: नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान राख्दै स्वर्ण जितेकी छिन्।

पोखरामा शनिबार भएको दौडमा सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीले शनिबार बिहान हिट चरणमा राखेको कीर्तिमानलाई तोड्दै स्वर्ण जित्न सफल भएकी हुन्।

सरस्वतीले निर्धारित दुरी १२.१३ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान राखेकी छन्। यसअघि निशाले हिटमा १२.१५ सेकेन्डमा सय मिटर दुरी पार गर्दै देवीमाया पनेरुले सन् १९९९ को दक्षिण एसियाली खेलकुद (साग) मा राखेको कीर्तिमानलाई तोडेकी थिइन्।

हिटमा कीर्तिमान बनाउन सफल भएकी निशाले फाइनल चरणमा भने १२.२२ सेकेण्डमा मात्रै सय मिटर दौड पूरा गरिन्। उनले रजतमा चित्त बुझाइन् । आर्मीकी रमिता थारुले १२.९३ सेकेन्डमा दूरी पार गर्दै कास्य जितिन्।

कमेन्ट लोड गर्नुस