सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: पुरुष फुटबलमा सुदूरपश्चिमको सानदार जित

२०७९ असोज २९, ०९:५० खबर संवाददाता

पोखरा: नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबल अन्तरगत समूह डी तर्फ भएको खेलमा सुदुरपश्चिमले सानदार जित हासिल गरेको छ। लामाचौर स्थित गोस्ते खेल मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ५-३ गोलले पाखा लगाउन सफल भएको छ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो। ३८ औं मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १-० को अग्रतामा रह्यो।

पहिलो हाफमा १-० ले रोकिएको खेलको दोस्रो हाफमा कुल ७ गोल भयो। खेलको ५८ औं मिनेटमा ज्ञानेन्द्र जोशीले गोलगर्दै सुदुरपश्चिमको अग्रता दोब्बर पारे । खेलको ६२ औं मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पुर्‍याए।

७७ औं मिनेटमा कुवेर सिंहले गोल गर्दै ३–१ बनाएपछि कर्णाली दबाबमा परेको थियो। ८४ औं मिनेटमा कर्णलीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ को स्थितिमा पुर्‍याउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर त्यसको २ मिनेट पश्चात अर्थात ८६ औं मिनेटमा सुदुरका शसांक बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए।

खेलको ९४ औं मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जित निश्चित गराए। त्यसको १ मिनेट पनि वित्न नपाउँदै कर्णालीका विकेशले पेनाल्टिमा गोल गर्दै ह्याट्रिक पुरा गरेपनि जितका लागि पर्याप्त रहेन। उनले खेलको ९५ औं मिनेटमा ह्याट्रिक पुरा गरे।

प्रतियोगिता अन्तरगत शनिबार २ खेल हुनेछन्। समूह बी अन्तरगत मधेश प्रदेश र शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ए अन्तरगत प्रदेश नं. १ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुनेछन्।

कमेन्ट लोड गर्नुस