धनगढीमा छाडा पशु चौपाया व्यवस्थापन सहयोगार्थ दौड प्रतियोगिता आज
धनगढीः धनगढीमा छाडा पशु चौपाया व्यवस्थापन सहयोगार्थ दौड प्रतियोगिता आज सुरु हुने भएको छ। नमूना नेपाल अभियानले ‘अब फुलबारी दौडिन्छ’ दौड प्रतियोगिताको आयोजना गरेको हो।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितियलाई ५ हजार र तृतियलाई २ हजार ५ सय पुरस्कार दिइने नमूना नेपाल अभियाानका अध्यक्ष याम लामिछाने मगरले बताए। प्रतियोगिता ८ किलोमिटर र दर्ता शूल्क १ सय ५० रहेको उनले बताए। प्रतियोगिता ८ बजेदेखि सुरु हुने छ।