सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खेलाडीलाई ट्र्याकसुट वितरण

२०७९ असोज २६, १०:३४ खबर संवाददाता

धनगढीः गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ सम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद २०७९ मा सहभागी हुन गइरहेका सुदूरपश्चिम प्रदेशको कराँते टोलीका खेलाडीहरूलाई ट्र्याकसुट वितरण गरिएको छ।

अन्तर्राष्ट्रिय कराँते खेलाडी तथा वरिष्ठ कराँते प्रशिक्षक मकेन्द्र बहादुर सिंहले २८ जनाको सो टोलीलाई ट्र्याकसुट वितरण गरेका हुन्।  ट्र्याक सुट वितरण गर्दै सिहँले आफू कराँते खेलको विकासमा सधैँ लागिपरेको र भविष्यमा समेत सक्दो योगदान गर्ने धारणा व्यक्त गरे।  सिंहले सो कराँते टोलीलाई नियमित प्रशिक्षण समेत गराएका थिए।

ट्र्याक सुट वितरण  कार्यक्रममा कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री, समितिका कार्यालय प्रमुख दीपक बहादुर सिंह र कराँते प्रशिक्षकहरूको उपस्थिति रहेको थियो। कराँते टोली बुधवार पर्वतको कुश्माका लागि प्रस्थान गर्नेछ।

कमेन्ट लोड गर्नुस