सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा सुदूरपश्चिम र एपीएफ विजयी

२०७९ असोज २६, ०८:५९ खबर संवाददाता

पोखरा: नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब विजयी भएका छन्। पोखरास्थित क्रिकेट रंगशालामा एपीएफले वाग्मती प्रदेशलाई ४ विकेट र सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले हराए । दुवैको पहिलो जित पायो।

पहिलो खेलमा टस हारेर ब्याटिङ गरेर वाग्मतीले २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनायो। वाग्मतीबाट कप्तान अस्मिना कर्माचार्यले अविजित १९ रन र सुमन खतिवडाले १९ रन बनाए। एपीएफकी रेखा रावल, नेरी थापा र इन्दु वर्माले समान १–१ विकेट लिए । ९० रनको सामान्य लक्ष्य एपीएफले चार बल बाँकी छँदा पार गर्‍यो ।

रोमा थापाले २२ रनको योगदान दिइन्। कप्तान सीता रानामगरले १६, नेरी थापाले १६, ममता चौधरीले १७, इन्दुले ५ र राजमती ऐरीले ४ रन बनाए । वाग्मतीबाट सोनी पाख्रिन र सुमन खतिवडाले समान २ विकेट र अस्मिनाले एक विकेट लिए। नेरी थापा प्लेयर अफ द म्याच भइन्।

दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो। टस हारेर ब्याटिङ गरेको गण्डकी प्रदेशले २० ओभरमा ५ विकेट गुमाएर ५९ रन बनायो । कप्तान सृष्टि जैसीले अविजित २८ रन बनाइन्।

सुदूरपश्चिमकी ऋतु कनौजियाले २, अनु कठायत, स्नेहा महरा र साबित्री धामीले १–१ विकेट लिए। ६० रनको लक्ष्य पाएको सुदूरपश्चिमले ५८ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेका थियो। ऋतुले सर्वाधिक २२ र स्नेहाले २१ रन बनाए। गण्डकीकी शिला क्षेत्रीले २, सृष्टिले एक विकेट लिए। ऋतु कनोजिया प्लेयर अफ द म्याच भइन्। सुदूरपश्चिम पहिलो खेलमा वाग्मतीसँग ८ विकेटले पराजित भएको थियो।

कमेन्ट लोड गर्नुस