सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

२०७९ असोज २१, ०८:५० खबर संवाददाता

धनगढीः काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो।

वडा अध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका छन्। अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो। आज बिहानसम्म पनि खोजी कार्य भइरहेको वडाध्यक्ष तामाङले जानकारी दिए।

कमेन्ट लोड गर्नुस