सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कार्तिक १ गतेदेखी उद्धव श्रीमाल स्मृति कप हुने

२०७९ असोज १७, ११:१७ खबर संवाददाता

अत्तरिया: कैलालीको गोदावरी नगरपालीका ८ स्थीत स्याउलेमा उद्धव श्रीमाल स्मृति कप हुने भएको छ। सैपाल युवा क्लबको आयोजनामा कार्तिक १ गतेदेखी प्रथम उद्धव श्रीमाल स्मृति कप हुने भएको हो। सोमबार पत्रकार सम्मेलन गरी आयोजकले प्रथम स्वर्गीय उद्धव श्रीमाल स्मृति कप फुटबल प्रतियोगिता २०७९ बारे जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै सैपाल युवा क्लबका अध्यक्ष सुरेन्द्र बोगटीले आँउदो कार्तिक १ गतेदेखी ७ गतेसम्म प्रतियोगिता हुने बताए। प्रतियोगिताको प्रथम पुररस्कार ५५ हजार ५५५, द्धितिय पुररस्कार २५ हजार ५२५ रुपैँया रहेको छ भने खेलमा म्यान अफ द म्याचलाई २० हजार रुपैँया प्रदान गरिने छ।

खेल अवधीभर सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्य मैदान खेलाडी र उत्कृष्ट अग्र खेलाडी चुनी एकएक हजार रुपैँया प्रदान गरिने आयोजकले जनाएको छ। 

कमेन्ट लोड गर्नुस