सुदूरपश्चिम राजधानी कपको उपाधी लुम्बिनीलाई
धनगढी: लुम्बिनी प्रदेशलेकैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी जितेको छ। आज धनगढी रंगशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशलाई सडनडेथमा हराउँदै उपाधी जितेको हो।
लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ ले हराएको हो। यसअघि निर्धारित समय दुबै टोलीले १–१ को बराबरी खेलेका थिए। दुबै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो। उपाधीसँगै लुम्बिनी प्रदेशले नगद नगद ५ लाख, सहित ट्रफी मेडल प्राप्त गरेको छ। उपविजेता कर्णाली प्रदेशले नगद ३ लाख सहित ट्रफी मेडल प्राप्त गरेको छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनी प्रदेशका फागुराम चौधरी भए। उनले नगद २० हजार पाए । यस्तै उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारु, उत्कृष्ट गोलरक्षककर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशकाभुपेन्द्र शाही भए। उनीहरुले जनही दश दश हजार पाए। पिएफए स्पोट्स क्लब अत्तरियाको आयोजनामा भएको थियो।