सुदूर नेपाललाई विश्वसँग जोड्दै

आदर्श क्रिकेट कपः दोस्रो खेलमा आदर्श युवा समाज विजेता 

२०७९ असोज १५, १०:४४ खबर संवाददाता

धनगढीः कञ्चनपुरको वेदकोट नगरपालिकामा बिहीबारदेखि सुरु भएको क्रिकेट प्रतियोगिताको दोस्रो खेल सकिएको छ। नगरपालिकाको वडा नम्बर १ हात्तीथलामा हिजोबाट  पाँचौं आदर्श क्रिकेट कप २०७९ सुरु भएको थियो। 

आदर्श युवा समाजको आयोजना र वडाको सहयोगमा प्रतियोगिता थालिएको थियो। आज भएको दोस्रो खेलमा आदर्श युवा समाज विजेता बनेको छ। आजको खेल वडा नम्बर ३ र आदर्श युवा समाजबीच भएको थियो। यस्तै हिजो (शुक्रबार) वेदकोट नगरपालिका वडा नम्बर नं १, हात्तीथला र शुक्लाफाँटा युवा क्लब वडा नम्बर २ बीच सुरुवाती खेल भएको थियो सो खेलमा वडा नम्बर २ विजेता बनेको थियो। 

हात्तीथलाको गौडी खेल मैदानमा जारी तियोगितामा १० टीम दर्ता भएका थिए। प्रतियोगिताको विजेता टीमले १ लाख १ सय र उपविजेताले ५० हजार ५० नगदसहित ट्रफि र शिल्ड पाउने जनाइएको छ। वेदकोट नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखले प्रतियोगिताको उदघाटन गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस