सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीः पिपिएल क्रिकेट प्रतियोगिताको उपाधि भिमदत्त बहुप्राविधिक शिक्षालयलाई

२०७९ असोज १५, १०:२१ खबर संवाददाता

बैतडीः बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा सम्पन्न दोस्रो संस्करणको पाटन प्रिमियिर लिग (पिपिएल २) को उपाधि भिमदत्त बहुप्रविधिक शिक्षालय बिडिपिआईले उचालेको छ। पाटन ६ मा रहेको कृष्ण माविको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा ग्वाल्लेकलाई ४ विकेटले हराउँदै बिडिपिआईले उपाधि उचालेको हो। 

ग्वाल्लेकले दिएको २०३ रनको विजयी लक्ष्य्य लिएर मैदानमा उत्रिएको भिमदत्तले १८.४ बलमै लक्ष्य भेट्टाएको हो। बिडिपिआईका सुमित बुडालले १२८ रनको उत्कृष्ट शतकीय पारी खेले। बुडालले १७ छक्का र ३ चौका हिर्काएका थिए। बिडिपिआईका धर्मा कोलियाले २१ रनको योगदान दिएका थिए। 

टस जितेर ब्याटिङ गरेको ग्वाल्लेक क्रिकेट क्लबले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा २०२ रन बनाएको थियो। ग्वाल्लेकका नविन चन्दले ६२ तथा महेश शाहले ६० रनको अर्धशतकीय पारी खेलेका थिए। बिडिपिआईका राहुल चन्दले २ विकेट लिए। 

उपाधि उचालेको बिडिपिआईले नगत १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी द्वितीय स्थान हासिल गरेको ग्वाल्लेक क्रिकेट क्लबले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ग्वाल्लेक क्रिकेट क्लबका दिपक बोहरा म्यान अफ द सिरिजसहित बेस्ट ब्याट्सम्यान घोषित भएका छन्। बोहराले ११ हजार १११ म्यान अफ द सिरिज बाफत र बेस्ट ब्याट्सम्यान घोषित भए वाफत ५ हजार ५५५ रुपैयाँ नगद गरी १६ हजार ६६६ रुपैयाँ नगतसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। 

यसैगरी उत्कृष्ट बलिङ गरेका ग्वाल्लेक क्रिकेट क्लबका दिपक जोशी बेस्ट बलर घोषित भएका छन्। उनले ५ हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। पाटन क्रिकेट क्लबको आयोजनामा पाटन-६ मा रहेको कृष्ण माविको खेलमैदानमा पाटन प्रिमियिर लिग सिजन-२ असोज ३ गतेदेखि सुरु भएको थियो।

उक्त प्रतियोगितामा २४ टोलीले सहभागिता जनाएका थिए। बैतडीको क्रिकेट क्षेत्रको विकासका लागि गत वर्षदेखि पाटन प्रिमिमियर लिगको आयोजना गर्दै आएको आयोजक एवं पाटन क्रिकेट क्लबका कोषाध्यक्ष किरन चन्दले बताए।  
 

कमेन्ट लोड गर्नुस