सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको वेदकोटमा क्रिकेट प्रतियोगिता सुरु, कति छ पुरस्कार ?

२०७९ असोज १३, ०८:५९ खबर संवाददाता

धनगढीः कञ्चनपुरको वेदकोट नगरपालिकामा बिहीबारदेखि क्रिकेट प्रतियोगिता सुरु भएको छ। नगरपालिकाको वडा नम्बर १ हात्तीथलामा आजबाट पाँचौं आदर्श क्रिकेट कप २०७९ सुरु भएको हो। 

आदर्श युवा समाजको आयोजना र वडाको सहयोगमा प्रतियोगिता थालिएको हो। आज वेदकोट नगरपालिका वडा नम्बर नं १, हात्तीथला र शुक्लाफाँटा युवा क्लब वडा नम्बर २ बीच सुरुवाती खेल भएको थियो सो खेलमा वडा नम्बर २ विजेता बनेको छ। 

हात्तीथलाको गौडी खेल मैदानमा जारी तियोगितामा १० टीम दर्ता भएका थिए। प्रतियोगिताको विजेता टीमले १ लाख १ सय र उपविजेताले ५० हजार ५० नगदसहित ट्रफि र शिल्ड पाउने जनाइएको छ। वेदकोट नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखले प्रतियोगिताको उदघाटन गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस