कञ्चनपुरको वेदकोटमा बिहीबारदेखि क्रिकेट प्रतियोगिता हुने
धनगढी: कञ्चनपुरको वेदकोट नगरपालिकामा बिहीबारदेखि क्रिकेट प्रतियोगिता हुने भएको छ। नगरपालिकाको वडा नम्बर १ हात्तीथलामा भोलिबाट क्रिकेट प्रतियोगिता हुने भएको हो।
आदर्श युवा समाजको आयोजना र वडाको सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागिएको छ। हात्तीथलाको गौडी खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा बुधबारसम्म १० टीम दर्ता भएका बताइएको छ। प्रतियोगिताको विजेता टीमले १ लाख १ सय र उपविजेताले ५० हजार ५० नगदसहित ट्रफि र शिल्ड पाउने जनाइएको छ।