सुदूर नेपाललाई विश्वसँग जोड्दै

सानेपामा शेखर पक्षको धर्ना

२०७९ असोज १२, ०१:३४ खबर संवाददाता

काठमाडौं: टिकट वितरणमा अन्याय भएको भन्दै नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन्। 

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु धर्नामा बसेका छन्।

धर्नामा शखेर कोइराला र उनका पक्षका शीर्ष नेताहरु भने सहभागी छैनन्। सभापति शेरबहादुर देउवा पक्षले टिकट वितरणमा अन्याय गरेको भन्दै शेखर पक्ष आन्दोलनमा उत्रिएको हो।

कमेन्ट लोड गर्नुस