सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड-शैलेश्वरी गोल्डकपको उपाधि कैलालीलाई

२०७९ असोज ११, १२:५३ खबर संवाददाता

डोटीः सुदूरपश्चिम प्रदेश स्तरीय खप्तड-शैलेश्वरी गोल्डकप २०७९ को विजेता कैलाली र उपविजेता भैरव प्रसाद गण भएको छ। सोमबार कैलाली र भैरव प्रसाद गणबीच भएको फाइनल खेलमा कैलालीले उपाधि जित्न सफल भएको हो।

कैलालीको टिमले शून्यकाविरूद्ध २ गोल हान्दै बिजेता भएको हो। बिजेता भएसँगै कैलालीले एक लाख नगदसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपविजेताले ५० हजार नगद तथा ट्रफी, प्रमाणपत्र पाएको छ।

असोज ८ देखि १० गतेसम्म सञ्चालन भएको गोल्डकप फुटबल प्रतियोगितामा छवटा टिम सहभागी भएका थिए। पहिलो सेमिफाइनलमा डोटीको टिमलाई हराउँदै भैरव गणको टिम फाइनलमा पुगेको थियो भने दोस्रो सेमिफाइनलमा कैलालीले डडेल्धुरालाई हराउँदै फाइनलमा आएको थियो।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, भैरव प्रसाद गण सिलगढी र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि कैलालीका सुरेन्द्र रानाले प्राप्त गरेका छन्। प्रतियोगितामा कैलाली, डोटी, बाजुरा, डडेल्धुरा, उद्योग बाणिज्य संघ डोटी, भैरव प्रसाद गणका टिम सहभागी थिए।


 

कमेन्ट लोड गर्नुस