सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र बंगलादेश भिड्ने

२०७९ असोज ११, ०८:१९ खबर संवाददाता

काठमाडौँ: अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज ​ प्रतिष्पर्धा हुने भएको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल  बेलुका साढे ५ बजे सुरु हुनेछ। 

नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ। जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ। ५ खेल बराबरीमा सकिएको छ।

यस खेलमा अखिल नेपाल फुटबल संघ ९एन्फा०ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ।  एन्फाका महासचिव किरण राईका अनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ८० वटा टिकटको मूल्य ५ हजार रुपैयाँ तोकिएको हो। 

कमेन्ट लोड गर्नुस