प्रदेश खेलकुद छनोटः भलिबलमा डोटी विजयी
२०७९ असोज ६, ०६:५३
धनगढी: धनगढीमा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा डोटीको टिम विजयी भएको छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा डोटीले जित हासिल गरेको हो। धनगढीमा आज भएको फाइनल खेलमा डोटीले अछामलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
यस अघि डडेल्धुरा, बाजुरा र दार्चुलालाई हराउँदै डोटी फाइनलमा पुगेको थियो। धनगढी स्थित कवडहलमा प्रतियोगिता भएको थियो ।
कमेन्ट लोड गर्नुस