सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा प्रदेशस्तरीय खप्तड–शैलेश्वरी गोल्डकप हुने

२०७९ असोज ५, ०२:३९ खबर संवाददाता

डोटी: डोटीमा सुदूरपश्चिम प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। नेपाली सेनाको भैरवप्रसाद गण सिलगढी, दिपायल शिलगढी नगरपालिका–६ को कार्यालय र जिल्ला अस्पताल डोटीको आयोजनामा असोज ८ गतेदेखि खप्तड–शैलेश्वरी गोल्डकप २०७९ फुटवल प्रतियोगिता हुने बताइएको छ। 

बुधबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको छ। प्रतियोगितामा आठ टिमले भाग लिनेछन्। कैलाली, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, भैरवप्रसाद गण र उद्योग वाणिज्य संघको टिम सहभागी हुने भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले जानकारी दिए।

प्रतियोगितामा पहिलो हुनेलाई १ लाख र दोस्रो हुनेलाई ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ। खेलाडीहरुकोका खाने बस्ने र गाडी भाडाको व्यवस्था समेत आयोजकले गर्नेछ।
 

कमेन्ट लोड गर्नुस