सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशमा मजदुर, स्वदेशमा मालिक

२०७५ फाल्गुन १८, ०७:१५ सीताराम ओझा

विदेशमा सिकेको सीपलाई आफ्नै ठाउँमा सदुपयोग गरेर आत्मनिर्भर हुने क्रम बढ्दै गएको छ । विदेश जानेहरुको संख्यामा कमि आउन नसकेका वेला विदेशमा सामान्य मजदुरी गरेकाहरु पनि आफ्नै ठाउँमा आएर सम्भावना खोज्न थालेका हुन् । सामान्य लगानीमा पनि सिकेको सीपलाई आफ्नै ठाउँमा प्रयोग गर्नेहरु पनि बढिरहेका छन् । धेरै लगानी नहुँदा पनि भएको सीपलाई प्रयोग गरेर आफ्नै घरमा वसेर विदेशभन्दा राम्रो कमाई गर्ने सक्ने उदाहरण धेरै छन् । आफुले गरेकोमा काममा अरुलाई रोजगारी दिन पनि सफल भएका छन विदेशबाट फर्किएकाहरु । तीनै मध्येका एक हुन सुर्य विक । सुदुरपश्चिममा फल सिलिङ अर्थात छतमुनिको भागलाई सजाउने सजाउने कामको सुरुवात गर्दै विकले राम्रो आम्दानी मात्रै गर्नु भएको छैन की विदेश जान लागेका र विदेशबाट फर्किएका २२ जनालाई रोजगारी पनि दिएका छन् । 
तत्कालीन समयमा शशस्त्र युद्ध भईरहेका वेला जनआन्दोलन पनि चलिरहेकै थियो । पुर्नवास नगरपालिका १० विकास बस्तीका ३५ बर्षीय सुर्य विकलाई विदेश जाने कुनै रहर थिएन् । तर तत्कालीन समयमा दैनिक रुपमा घरमा माओवादीको आरोप लगाउँदै दैनिक रुपमा दुःख दिन थाल्यो । ज्यान जोगाउनकै लागि उनी कतार हानिए । कतारमा दुई बर्ष र साउँदी अरवमा डेढ बर्ष काम गर्दा फल सिलिङको मजदुरको रुपमा कामको सुरुवात गरे । ६ महिना मजदुरी गरेपछि मिस्त्री हुँदै डिजाईनरसम्मको काम गरे । आफ्नो क्षमताले भ्याए अनुसार काम गरेपछि घर फर्किए । त्यसपछि फेरि विदेश जाने मोह उनमा पनि थियो तर आफुले गरिरहेको कामलाई कते यतै गर्न गर्न सकिदैन भनेर खोजी निति गर्दै जाँदा सम्भावना देखेपछि फल सिलिङको काम यतै सुरु गरे ।  विदेश जाँदा लागेको रिण तिरेपछि बचेको एक लाख रुपैयाँबाट सुर्य विकले फल सिलिङको काम सुरु गरेकोमा अहिले करौडौ लगानी पुगिसकेको छ । बजारमै एक करोडको हाराहारीमा काम गरेको रकम लिन बाँकी छ । उनले सुदुरपश्चिममा मात्रै होईन दाङ वर्दिया बाँके सुर्खेतसम्मको कामको भ्याई नभ्याई छ । भारतीयहरुले फल सिलिङको काम गर्दै आएकोमा उनले भने उद्योगकै रुपमा यो कामलाई अगाडी बढाएको ६ बर्ष पुग्न लागेको छ । यही कामले जग्गा किनेर धनगढीको मिलन चोकमा दुई तले घर निर्माणको अन्तिम चरणमा पुगेको छ । धनगढीका नाम चलेका धेरै स्थानमा फल सिलिङको काम विकले नै गरेका छन् । प्रायः सरकारी भवनमा पनि उहाँले काम गर्नुपर्छ । सुरुवातमा दुई जना मजदुर राखेर आफु मिस्त्री बन्दै सुरु गरेको काममा अहिले २२ जनालाई रोजगारी दिईएको छ । विदेश जाने तयारीमा रहेका र विदेशबाट फर्किएकाहरुलाई आफ्नै गाउँठाउँमा रोजगारी दिएका हुन । उनको सुझाव छ विदेशभन्दा बढी कमाई आफ्नै ठाउँमा काम गरेर पनि कमाउन सकिन्छ । त्यसका लागि लाज मान्नु हुँदैन् । कामको सम्मान गरेर आत्मसम्मानका साथ काम गर्नुपर्छ । 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस