सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रुखले च्यापिएर एक वृद्धाको मृत्यु

२०८२ साउन ७, ०६:०२ खबर संवाददाता

धनगढी : कैलालीमा रुखले च्यापिएर एक वृद्धाको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका– १० उदासीपुर वेताल टोलकी ७० वर्षिया अनारकली चौधरीको रुखले च्यापिएर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बुधवार चौधरी घरबाट करिब एक सय मिटर टाढा रहेको शौचालयमा शौच गर्न भनी गईरहेकी थिईन। शौच गर्न जाने क्रममा घरनजिकै रहेको अस्नाको रुख ढलेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस