पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा कैलालीमा वृक्षारोपण

धनगढी : पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा कैलालीमा वृक्षारोपण गरिएको छ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसर वृक्षारोपण गरिएको हो।
जिल्लाको बर्दगोरिया गाउँपालिका–१ स्थित राजकुला सामुदायिक वनमा वृक्षारोपण गरिएको छ। प्रेस चौतारी नेपाल, कैलालीको आयोजनामा तथा प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिको सहकार्यमा वृक्षारोपण गरिएको हो। वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यसहित वृक्षारोपण गरिएको हो।

प्रेस चौतारी सुदूरपश्चिम प्रदेश इन्चार्ज दिल बहादुर छत्यालले पत्रकारहरूले लेख्ने मात्रै नभएर समाजमा हित हुने अतिरिक्त क्रियाकलाप गरेको बताए। कम्युनिस्ट पार्टी स्थापनामा पुष्पलालको ममत्वपूर्ण योगदान रहेको स्मरण गर्दै छत्यालले उनको सम्झनामा यस्ता कार्यक्रम गरिनु राम्रो पक्ष रहेको बताए। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवरले पुष्पलालको स्मृती दिवसमा बर्दगोरियामै आएर वृक्षारोपण गरेकोमा खुसी व्यक्त गरेका छन्। बर्दगोरिया गाउँपालिका भौतिक पूर्वाधारको विकाससँगै वातावरण र मानविय विकासमा समेत सगंसगैँ गरिरकेको उनले बताए। नेकपा एमाले कैलाली जिल्लाका अध्यक्ष यज्ञ ढुगांनाले कम्युनिष्ट आन्दोलनमा पुष्पलालले दिएको योगदान आज पनि उतिकै सान्दर्भिक रहेको बताएका छन्।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज शुसिल ढुगांना, चाँदनी आचार्य, प्रेस चौतारी नेपालका केन्द्रीय सामाजिक सञ्जाल विभाग प्रमुख कृष्ण ओली, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं कैलाली इन्चार्ज हरि जोशी, पूर्व सुदूरपश्चिम सह–इन्चार्ज गोविन्द रोस्यारा, पूर्व लेखा आयोग सदस्य लिला जङ्ग शाही लगायतका नेताहरूले बोलेका थिए।
.gif)
को सहभागिता रहेको थियो। प्रेस चौतारी नेपालका सुदूरपश्चिम महासचिव भानुभक्त आचार्यले कार्यक्रम माथि प्रकास पारेका थिए भने, प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष जनक सिहं बिष्टले धन्यवाद ज्ञापन गरेका थिए।


पुष्पलालको योगदानको स्मरण गर्दै वातावरणीय संरक्षणका यस्ता कार्यक्रमहरू समाज रूपान्तरणमा महत्वपूर्ण हुने हुँदा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको प्रेस चौतारी नेपाल कैलालीका सचिव दिनेश बिष्टले बताए। राजकुला सामुदायिक वनमा अमला, निम लगायत फलफूल र छायाँ दिने बिरुवाहरू रोपिएको उनले बताए। वृक्षारोपण कार्यक्रममा प्रेस चौतारीका सदस्यहरू, नेकपा एमाले कार्यकर्ताहरू, बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधिहरू, स्थानीयवासी तथा वातावरण प्रेमीहरूको सहभागिता रहेको थियो।