बाजुरामा भरुवा बन्दुक बरामद
२०८३ कार्तिक ८, ०७:३०
बाजुराः बाजुरामा भरुवा बन्दुक बरामद गरिएको छ।
जिल्लाको बुढिगंगा नगरपालिका–९ जुवापानी स्थित पाले सामुदायिक वन भित्र ओढारमा लुकाई छिपाई राखेको भरुवा बन्दुक एक थान शनिबार फेला परेको हो। अस्थायी प्रहरी पोष्ट रिठाबजार, बाजुराबाट खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी उक्त बन्दुक बरामद गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस