कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ
२०८३ कार्तिक ८, ०७:२४
कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ ब्यारल चेकपोष्ट स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम ८०० मिलिग्रामसहित भीमदत्त नगरपालिका–१८ बस्ने २६ वर्षीय रामकृष्ण बराल पक्राउ परेका हुन्। बराललाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस