सुदूर नेपाललाई विश्वसँग जोड्दै

जहाज रोकेर पक्राउ परेका धनगढीका सुन व्यवसायी छुटे, १० हजार धरौटी मागियो

२०७९ साउन २४, १०:४३ खबर संवाददाता

धनगढी: भारतको पञ्जाबबाट करोड बढि मूल्यको सुन चोरीको आरोपमा पक्राउ परेकाहरु  धरौटीमा छुटेका छन्। सुन चोरीको आरोपमा पक्राउ परेका धनगढीका व्यवसायी सन्तोश लामिछानेसहित  ६ जना १०/१० हजार  धरौटी बुझाएर छुटेका हुन्। 

कैलाली प्रहरीले लामिछानेसहितका ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाएको थियो। लामिछाने नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष पनि हुन्। तर जिल्ला प्रहरी कार्यालयले भने विस्तृत विवरण प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्ने जनाएको छ।

सुन व्यवसायी लामिछानेलाई प्रहरीले गत १८ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो। उनी चोरीको सुन खरिदमा संलग्न भएको प्रहरीले दाबी गरेको थियो।

कमेन्ट लोड गर्नुस