सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पताललाई २ सय शय्यामा स्तरोन्नति गर्ने निर्णय

२०७९ साउन २४, ०५:४० खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ। मंगलबार  बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले जानकारी दिए।

सेती अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेको थियो। अब र ३ सय शय्यामा स्तरोन्नतिका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखी पठाउने पनि निर्णय भएको मन्त्री बोहराले बताए। 

कमेन्ट लोड गर्नुस